अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सुचारु

२०७९, १८ श्रावण बुधबार ११:११

साउन १८ । पहिरो पन्छाएपछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सुचारु भएकाे छ । बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रोकिएका सबै गाडी एकैपटक चल्दा लेन अनुशासन पालना नहुँदा जाम पर्नसक्ने भन्दै लेन अनुशासन पालना गर्न जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेकाे छ ।

चितवनको भरतपुर महानगरपालिका-२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको थियाे । राती  साढे २ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको सडक करिब आठ घण्टापछि दुईतर्फी नै खुलेको हो । जाममा फसेका सवारीसाधनहरुकाे सडकमा लामाे लाम लागेकाे थियाे ।

Comments

ताजा खबर