काठमाडौँ: अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटेको छ । यातायात व्यवस्था विभागले सवारी साधनको भाडा घटेको हो ।
यात्रुबाहक सवारीको भाडा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहकको २.६ प्रतिशत भाडा घटेको विभागले जनाएको छ । त्यस्तै तराईको बाटोमा सञ्चालन हुने मालबाहकको सवारीको २.९ प्रतिशत भाडा घटेको छ ।
नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै भाडा घटेको हो ।