बजार घट्दा पनि यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

२०७८, २० चैत्र आईतवार १५:२०

काठमाडौं: आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ८९ अंकले घटेर २,५१३ दशमलव ४१ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ९ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७ सय रुपैयाँ रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ५ करोड १ लाख रुपैयााको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको ३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Comments

ताजा खबर