तिब्बतमा आर्थिक तथा सामाजिक विकासका लागि ६ खर्ब युआन लगानी

२०७८, २० चैत्र आईतवार १५:१६

काठमाडौँ: चीनले तिब्बतमा भौतिक पूर्वाधार विकासका लागि यस वर्षमा १ खर्ब ४० अर्ब (करिब २२ अर्ब अमेरिकी डलर) लगानी गर्ने भएको छ ।
क्षेत्रीय विकास तथा सुधार आयोगका अनुसार चीनले तिब्बतमा १ सय ८१ वटा ठूला परियोजना सञ्चालनका लागि लगानी गर्न लागेको हो ।
जसमा सडक, रेल मार्ग, विमानस्थल, पानी संरक्षण, स्वच्छ उर्जा, हरित उद्योग, उद्योग र सीमा व्यापार बन्दोबस्तीसहितको विषय रहेको सिन्ह्वाले जनाएको छ । जसमध्ये यसै वर्षको पहिलो त्रैमासिकमा २४ वटा नयाँ परियोजना सुरु भएका छन् । जसमा २३ अर्ब ४० करोड युआन लगानी हुने छ ।

चीनले १४ औं पञ्च वर्षीय योजनाअन्तर्गत २०२१-०२५ सम्ममा तिब्बतमा आर्थिक तथा सामाजिक विकासका लागि ६ खर्ब युआन लगानी गर्ने जनाएको छ । यो रकम तिब्बतको १३ औं पञ्च वर्षीय योजनाभन्दा ५८ प्रतिशत बढी हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु