प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

२०७८, २० चैत्र आईतवार ११:०२

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार २३.९५ अंक घटेर २५४४.३० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१७ अंक बढेर २५४४.४८ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर रहेकाे छ।

आइतबार प्रि ओपन सेसनमा ३ स्टकको ७५ हजार ३९ रुपैयाँ ३९ पैसा बराबरको ८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १ वटा स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ।

Comments

ताजा खबर