मलाई हटाउन अमेरिकी सहयोग-इमरान खान

२०७८, २० चैत्र आईतवार ०६:०८

काठमाडौँ — पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकाको समर्थनमा आफूलाई हटाउने प्रयास भएको बताएका छन् । आफ्ना विपक्षीलाई अमेरिकी सहयोग भएको उनको भनाइ थियो ।
साथै पाकिस्तानको यस्तो अवस्थाका पछाडि अमेरिका जिम्मेवार रहेको उनले आरोप लगाए । खानलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्नका लागि पाकिस्तानी संसदमा आइतबार मतदान हुने भएको छ । उनीविरुद्ध गत साता नै अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
शनिबार उनले सम्बोधन गर्दै आफूलाई हटाउन विदेशी पत्रकारहरू पनि लागि परेको बताए । इमरान खानले यसअघि पनि आफूलाई हटाउन अमेरिकाले चलखेल गरेको आरोप लगाउँदा अमेरिकाले त्यसको खण्डन गर्दै आरोप अस्वीकार गरेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि विधायकहरू उनको विपक्षमा खुलेका छन् । पाकिस्तानी मिडियाका अनुसार खान अल्पमतमा परिसकेका छन् । खानकै पार्टीका विधायकहरू पनि उनको विपक्षमा उभिएको बताइएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु