नकारात्मक कमेन्टको बाढी आएपछि वर्षाले तस्वीरलाई हटाइन

२०७८, १७ चैत्र बिहीबार १०:२९

काठमाडौं: अभिनेत्री वर्षा सिवाकोटी अहिले अमेरिका घुमघाममा व्यस्त छिन् । यसै साता उनले फ्लोरिडाको समुन्द्री तटमा खिचाइएका बिकिनी पहिरनका तस्वीर इन्स्टाग्राम र फेसबुकमा पोस्ट गरेकी थिइन् ।

ती तस्वीरलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भयो । कतिपय भद्दा कमेन्ट गर्दै उनीविरुद्ध खनिए भने कतिपयले उनको स्वतन्त्रता भन्दै बिकिनी पहिरनको प्रशंसा गरे ।

तर ती तस्वीरमा सकारात्मकभन्दा नकारात्मक कमेन्ट नै बढी थिए । कतिले कलाकार राज कट्वालसँगको ब्रेकअपको पीडा भुलाउन उनी अमेरिका घुम्न गएको भन्दै टिप्पणी पनि गरे ।

यसरी नकारात्मक कमेन्टको बाढी आएपछि वर्षाले अहिले ती तस्वीरलाई हटाएकी छन् । उनको भेरिफाइड फेसबुक र इन्स्टाग्राममा अहिले ती तस्वीर देखिंदैनन् । वर्षा निकट स्रोतका अनुसार तस्वीरमा नेगेटिभ कमेन्ट गर्ने केहीलाई उनले नेपाल फर्किएपछि साइबर क्राइममा उजुरी गर्ने सोच पनि बनाएकी छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु