सर्पले टोकेमा के गर्ने ?

२०७८, १६ चैत्र बुधबार १२:१४

काठमाडौं: गर्मीयाम सुरु भएसँगै सर्पको टोकाइका घटना बढ्न थालेका छन् । विशेषगरी तराई प्रदेशमा सर्पदंशको समस्या बढी भए पनि पहाडका जिल्लाहरू पनि जोखिममा रहने विज्ञहरू बताउँछन् ।
सर्पदशंको सही उपचार नहुँदा जटिलता थप हुने गरेको छ । केही व्यक्तिमा सर्पले टोकेको असर ढिलो देखिन सक्ने भएकाले टोकेको व्यक्तिलाई निरन्तर निगरानीमा राख्नुपर्ने इपिडिममियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सर्पले टोकेको घाउमा विष हटाउन वा शरीरमा विष प्रवेश हुन नदिन टोकेको ठाउँमा काटेर रगत बगाउने, विष चुसेर लगाउने, ढुंगा वा झार लगाउनु गलत विधि भएको महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा बताउँछन् ।
सर्पले टोकेको आशंका भएमा तुरुन्तै सर्पदंशको उपचार केन्द्रमा पुर्‍याई निगरानीमा राख्न डा. ओझाको सुझाव छ ।

Comments

ताजा खबर