स्वास्थ्य बीमा गरेका विमितहरुलाई उपचार नगर्ने

२०७८, १० चैत्र बिहीबार ०६:४०

धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य विमान गरेकाहरुलाई दिइने सेवा स्थगित गर्ने भएको छ । आर्थिक संकटबाट गुुज्रिएको र आफूूहरुले पुर्याएको सेवा वापत पाउनुपर्ने रकम नपाउँदा शिक्षक तथा कर्मचारीलाई नियमित पारिश्रमिक लगायतका दैनिक सञ्चालन खर्चमै प्रभाव परेको प्रतिष्ठानले बताएको छ ।

त्यसैले स्वास्थ्य बीमा गरेका विमितहरुलाई दिइने बहिरंग, आकिस्मिक, अन्तरंग अन्तरगत दिइने सम्पूर्ण सेवा चैत १५ गतेदेखि स्थगित गरिएको प्रतिष्ठानले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु