फोटो खिच्ने क्रममा चिप्लिएर एकको मृत्यु

२०७८, ६ चैत्र आईतवार १८:१७

३ दिनमा २ को मृत्यु
पाल्पा । भुतखोलामा डुबेर एकजनाले ज्यान गुमाएको एक साता नपुग्दै अर्का एक जनाले ज्यान गुमाएका छन । तिनाउ गाउँपालिका-३ मा रहेको भूतखोलामा फोटो खिच्ने क्रममा चिप्लिएर पानीमा खस्दा २८ बर्षका सान्तुन नन्दीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले बताए।

तस्बिर : कृष्ण पाण्डेय

मृत्यु हुने भारतिय नागरिक हुन । उनी ३ जना साथिहरु सङ्गै मिलेर गोरखपुरबाट घुम्न आएका थिए । गएको शुक्रबार <बुटवल उपमहानगरपालिका-८ का १८ वर्षीय प्रसन्न पोखरेलको पनि डुबेर मृत्यु भएको थियो । प्रकृतिले दिएको सुन्दर उपहार देखिने एउटै ढुङ्गामा अवस्थित झरना र रहले धेरैलाइ मोहनि लगाउने गर्दछ । तिनाउको पहिचान समेत बनाएको यसै स्थानमा घट्ने अकल्पनिय घटनाले धेरैलाइ चिसो बनाएको छ । पटक-पटक मानिस डुब्ने घटनालाइ मध्यनजर गर्दै पुर्णरुपमा पौडि खेल्न निषेध र तारबार गर्नुपर्ने देखिन्छ ।

Comments

ताजा खबर