टिकटकले भिडियाे अपलोडको समय लम्बाएर १० मिनेट बनाएको छ ।

२०७८, १७ फाल्गुन मंगलवार १२:५४

काठमाडौँ । लोकप्रिय छोटो भिडियाे प्लेटफर्म टिकटकले भिडियाे अपलोडको समय बढाएको छ । पछिल्लो समय ५ मिनेट बनाएको टिकटकले यसलाई लम्बाएर १० मिनेट बनाउन लागेको हो ।

फाइल फोटो

सुरुवातको समयमा १५ सेकेन्डबाट सुरु गरेको टिकटकले यसको समय बढाउँदै १० मिनेट बनाएको छ । १० मिनेट सम्म अपलोड गर्न मिल्ने बनाएको कतिपय प्रयोगकर्ताको लागि नोटिफिकेसन प्राप्त भैसककेको ‘द भर्ज’ले जनाएको छ । १० मिनेट भिडियाेको लेन्थ लम्बाएपछि यसले विश्वभरका क्रिएटरका लागि अझ बढी रचनात्मक भिडियाे अपलोड हुने टिकटकले जनाएको छ । टिकटकले भिडियाेको लम्बाई क्रमश बढाउँदै लगेपछि यसले अर्को गुगल स्वामित्वमा रहेको युट्युबलाई यसले चुनौती दिएको छ ।

पछिल्लो समय प्रयोगकर्ताको कन्टेन्टमा जोड दिँदै आएको टिकटकले अन्य भिडियाे शेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न लामो भिडियाे अपलोड गर्न सकिने फिचर ल्याएको बताइएको छ । युट्युवभन्दा छोटो भिडियो पनि सफल हुन्छ भन्ने टिकटकले नै प्रमाणित गरिदिएको छ ।

‘हामी प्रयोगकर्तालाई कसरी हुन्छ नयाँ फिचर दिन सकिन्छ भन्ने विषयमा अध्यययन गर्दै छौँ । गत वर्ष नै हामीले लामो समयसम्म अपलोड गर्न सकिने फिचर टिकटकमा ल्याएका थियौँ । यसलाई अब १० मिनेटसम्म अपलोड गर्न मिल्ने फिचर सार्वजनिक गरेका छौँ । यसले क्रियटर अझ क्रियटिभ हुन मद्दत गर्ने हामीले विश्वास लिएका छौँ ।’ टिकटकको जारी गरेको विज्ञप्तिमा भनेको छ ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु