कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई ३५ सय घुससहित प’क्राउ

२०७८, २० माघ बिहीबार १८:१६

काठमाडौं । ३५ सय घु’स रकमसहित वडा सचिव प’क्रा’उ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिई गएको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई घु’स रकमसहित प’क्रा’उ गरेको हो ।
जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घु’स माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई प’क्रा’उ गरेको अख्तियारले जनाएको छ ।
साहलाई सेवाग्राहीबाट ३५ सय रुपैयाँ घु’सबापतको रकम लिइसकेको अवस्थामा निय’न्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु