प्रि ओपन सेसन अपडेटः ७ अंक बढ्यो नेप्से

२०७८, २० माघ बिहीबार १०:५६

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार १९.२९ अंक बढेर २८९१.३४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.२७ अंक बढेर २८९८.६१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१५ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा २५ कम्पनीको ८५ लाख १६ हजार ४७४ रुपैयाँ १९ पैसा बराबरको १२ हजार ६५५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

Comments

ताजा खबर