शिखर इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

२०७८, २० माघ बिहीबार ०७:२८

काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रद शेयर आजसम्म कायम शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि माघ २१ गते बुक क्लोज गर्दैछ । हकप्रद शेयर सुरक्षित गर्न चाहने लगानीकर्ताले आजसम्म शेयर खरिद गरिसक्नु पर्नेछ ।

कम्पनीले १:०.३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु