नेपाल र नेपाली चिनाउन नेपाल फेष्टिवल

२०७९, १७ भाद्र शुक्रबार १५:५१

नागोया, जापान । “नेपाल फेष्टिवलमा नेपालका चर्चित कलाकारहरु बद्रि पंगेनी, पशुपति शर्मा, राजु लामा, सम्झना भण्डारी , सर्मिला गुरुङ्ग लगाएतलाई सम्मान गरिने “ 

-दिपक कार्की (फेष्टिवल संयोजक ) :- जापानको राजधानी टोकियो र अर्को शहर फुकोओकामा भव्यताका साथ सम्पन्न नेपाल र नेपाली चिनाउन गरिएका फेष्टिबल पछि जापानको तेश्रो ठूलो शहर र नेपालीहरु धेरै बस्ने नागोयामा नेपाल फेष्टिबल हुने भएको छ । एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा हुन लागेको फेष्टिवलमा जापानमा रहेको नेपालीका संघ -संस्थाहरुको पनि साथ सहयोग रहेको छ। यहि सेप्टेम्बर ३ र ४ मा सम्पन्न हुने नेपाल फेष्टिवल के का लागि ? यि र यस्तै जिज्ञासा मेट्न नागोयामा हुन लागेको नेपाल फेष्टिवलका संयोजक एवं एनआरएनए आईसिसि सदस्य समेत रहेका दिपक कार्की संग गरिएको कुराकानी :-

-फेक्टिवलको तयारी कहाँ पुग्यो बताउनुस् न ?

हामीले फेष्टिवलको सम्पूर्ण तयारी सकेका छौं। सबैको साथ र सहयोग बाट हामीहरु यहा सम्म आई पुगेका छौं । 

-फेष्टिवल आयोजना गर्न कत्तिको गाह्रो रहेछ ? 

फेष्टिवल आयोजना गर्न र सफल बनाउन चानेचुने कुरा होईन, कुनै बेला यौट्टा घरमा त कुरा मिल्दैन । हामी यति धेरै मान्छे छौं , सबैको चित्त बुझाउन अवश्य पनि गाह्रो कुरा हो। र पनि सबैलाई समेटेर यहा सम्म आई पुगेका छौं। 

-फेष्टिवल अबलोकन गर्न कति येनको टिकटको व्यवस्था गर्नु भएको छ ? 

हामीले पहिलो फेस्टिवल जस्तै यसपालि पनि सबैलाई टिकट निशुल्क राखेका छौं। 

-अनि फेस्टिवल सञ्चालन गर्ने खर्च कहाँबाट जुटाउनु भएको छ त ? खर्च त हुन्छ होला ? 

खर्च नहुने त कुरै भएन। हामीले जापानमा रहेर व्यवशाय गर्नु भएका  नेपाली व्यवशायीहरु , बिभिन्न संघ – संस्थाहरु र स्वाईच्छाले आर्थिक सहयोग गर्नु हुने सबैबाट आर्थिक संकलन गरेर यो फेष्टिवल सञ्चालन गर्दै छौं। 

-जापानमा भएका नेपाल फेस्टिवलहरुमा फेष्टिवलको आर्थिक गतिविधी पारदर्शी नभएको र घाटा मात्र देखाईन्छ भन्ने गुनासो छ नि ? 

अन्य फेस्टिवलमा पहिलो यस्ता केहि गुनासा आएका हुन सक्छन । नागोयामा यस अघि भएको फेस्टिवलमा हामी करिब ८ लाख येन नाफामा नै थियौं । काम गर्ने क्रममा कहि कतै कमजोरी हुन सक्छ। हामीले त्यसलाई सुर्धादैं जाने हो । अहिले हुन लागेको नेपाल फेष्टिवलमा सबै आर्थिक गतिबिधी बैंक मार्फत गरेका छौं। आर्थिक समिति यो विषयमा सचेत छ। फेस्टिवल सकिना साथ  फेष्टिवलको सबै हिसाव सार्वजनिक गर्छौं। 

-नेपालीले गरेका कार्यक्रममा झैं झगडा हुने गर्छ भन्नेहरु पनि छन नि ? 

त्यस्तो होईन, हामीले सुरक्षाको पूर्ण व्यवस्था गरेका छौं। जापनिज पुलिसले पनि पेष्टिवलको बाहिरी घेराबाट फेष्टिवल अवधीभर सुरक्षा दिने छन्। स्यंम सेबकको टिमले पनि फेस्टिवलमा हरेक गतिविधीको निगरानी गर्ने छन्। ठाँउ – ठाँउमा सिसि क्यामेराको पनि व्यवस्था हुने छ। हरेक जो कोही पनि ढुक्क भएर फेष्टिवलमा आउन र मनोरञ्जन लिन सक्नु हुने छ। 

-जापानमा कोभिट संक्रमण रोकिएको छैन , संक्रमण फैलन नदिन कस्तो व्यवस्था छ ? 

हामीले फेष्टिवल परिसरमा हेल्थ डेक्सको व्यवस्था गरेका छौं । जहा ज्वरो नाम्ने , सेनिटाइजर गर्ने आदी काम हुन्छ। 

-नेपाल फेष्टिवल के – का लागी हो जापानमा ?

नेपाल र जापान विच वर्षौ देखि सुमधुर सम्बन्ध छ। जापान नेपालको प्रमुख दातृ राष्ट्र पनि हो। वर्षेनी धेरै जापनिजहरुले नेपाल भ्रमण गर्ने गर्छन। जापानमा पनि १ लाखको हाराहारीमा नेपालीहरु रहेका छन्। नेपाल फेष्टिवल गर्नु हाम्रो उद्देश्य भनेका जापनिजलाई नेपाल चिनाउनु र जापनिज संगको सम्बन्धलाई प्रगाढ बनाउनु नै हो। 

-के -के हेर्न सकिन्छ फेष्टिवलमा , कस्तो व्यवस्थापन छ ? 

फेस्टिवलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यवसायिक सहित २७ वटा स्टलहरु रहने छन् । फेस्टिवलमा नेपाली कला संस्कृति तथा पहिचान बारे बिषेश प्रस्तुति रहने छ। जनजातिको पहिरनमा आगन्तुकले फोटो खिच्न सक्ने छन्। नेपाल र जापानका कलाकारहरुले उपस्थित सबैलाई गित , संगित मार्फत भरपूर्ण मनोरञ्जन प्रदान गर्ने छन्। नेपालबाट आएका कलाकारहरु बद्रि पंगेनी, पशुपति शर्मा, राजु लामा, सम्झना भण्डारी , सर्मिला गुरुङ्ग लगाएतलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ। फेस्टिबलमा नेपाली बारतली भएको घर समेत हेर्न सकिने छ। त्यसैले फेस्टिवलमा आफु सहित आफुले चिनेका जापनिजलाई लिएर आउनु हुन म फेष्टिवल आयोजक समितिको तर्फबाट सबैलाई अनुरोध गर्दछु। प्रस्तुति:- कविकिरण न्यौपाने )

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु