काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।
बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको हो। निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्नेछ।
निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ। हाल पेट्रोल लिटरको १८१ रूपैयाँ र एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ। हवाई इन्धन (आन्तरिक) को प्रतिलिटर १९० रूपैयाँ छ।
Comments