नेप्से परिसूचक सामान्य अंकले घट्दा ३ अर्ब २९ करोडको कारोबार

२०७९, १७ श्रावण मंगलवार १५:२७

काठमाडौँ: अघिल्लो दिनको तुलनामा मंगलबार सेयर कारोबार रकममा १ अर्ब ३८ करोडले कमी आएको छ । सोमबार ४ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन ३ अर्ब २९ करोडमा खुम्चिएको छ । नेप्से पनि झिनो अंकमा घट्यो । २.८ अंकले घटेर नेप्से २१९३ अंकमा कायम भएको छ ।

नेप्सेमा दिनभर उतारचढाव देखियो ११:२७ बजे २२०२ अंकसम्म पुग्यो भने १: १५ बजे २१७० अंकसम्म झरेको थियो । बैंकिङ ६, विकास बैंक २१, होटल तथा पर्यटन २८, जीवन बीमा ६४, निर्जीवन बीमा ७ र अन्य उपसमूह १७ अंक घटे । व्यापार ३७, लघुवित्त ४१, उत्पादन ०.९, जलविद्युत् २८ र फाइनान्स उपसमूह २३ अंक बढे ।
३ जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । विन्ध्यावासिनी हाइड्रोपावर, सामलिङ पावर र हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, गुडविल फाइनान्स र युनाइटेड इदी मर्दी क्रमश: अगाडि रहे ।

Comments

ताजा खबर