नेपालगन्जमा वीरेन्द्रकाे शालिक हटाएपछि झडप, प्रहरीद्वारा हवाई फायर

२०७९, १९ जेष्ठ बिहीबार १२:२५

नेपालगन्ज । राष्ट्रवादी युवाले राखेकाे राजा वीरेन्द्रकाे शालिक हटाउने क्रममा झडप हुँदा प्रहरीले हवाई फायर गरेकाे छ।

वीरेन्द्रचाेकमा राष्ट्रवादी युवाले राखेकाे शालिकलाई प्रहरीले केहीबेरमै हटाएपछि झडप भएकाे थियाे। युवाले ढुंगाले हान्दा चार प्रहरी घाइते भएपछि प्रहरीले भीडलाई तितरवितर गर्न सात राउन्ड हवाई फायर गरेकाे हाे।

२०६२/६३ काे जनआन्दाेलनमा वीरेन्द्रकाे शालिक ताेडफाेड गरिएपछि त्यहाँ शालिक थिएन। केही समयअघि पनि त्यहाँ राष्ट्रवादी युवाले शालिक राखेका थिए। प्रहरीले राति नै हटाइदिएकाे थियाे। जनआन्दाेलनका क्रममा हटाइएकाे त्रिभुवनचाेककाे शालिक भने पुन: राखिसकिएकाे छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु