रुसविरुद्ध लड्न युक्रेनलाई सघाउदै जापान

२०७८, १८ फाल्गुन बुधबार १५:५३

टोकियो: रुसी आक्रमणविरुद्ध विदेशी सहयोगीका लागि अपिल गर्दै आएको युक्रेनका लागि ७० जापानी स्वयंसेवकहरूले लड्ने भएका छन् । बुधबारको मिडिया रिपोर्टअनुसार त्यसमध्ये ५० जना पूर्वजापानी आत्मरक्षा फोर्सका सेना रहेका छन् । दुईजना भेटेरान आर्मी भएको बताइएको छ ।
यसअघि, युक्रेनियन राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले अमेरिका र क्यानडाबाट पनि अन्तर्राष्ट्रिय सेनाको समूह बनाएर लडाइँमा आफूहरूलाई सघाउन अपिल गरेका थिए ।

युक्रेनियन दूतावासका प्रवक्ताले यो विषय पुष्टि गर्दै धेरै मानिसले युक्रेनका लागि लड्ने चाहना व्यक्त गरिरहेको बताएका छन् । तर, यसमा सहभागी हुन जापानी आत्मरक्षा फोर्सको अनुभव हुनुपर्ने वा विशेष सैन्य प्रशिक्षण प्राप्त गरेको हुनुपर्ने पनि बताइएको छ ।

बुधबारको ट्विटर पोस्टमा जापानमा अवस्थित युक्रेनी दूतावासले मेडिकल, आईटी, सञ्चार वा फायर फाइटिङजस्ता क्षेत्रमा अनुभव भएका स्वयंसेवकहरूको खोजी गरिरहेको जनाएको छ । रोयटर्सबाट ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु