देशभर थप ५२१ जनामा कोभिड संक्रमण, १० जनाको मृत्यु

२०७८, १ फाल्गुन आईतवार १६:४५

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ५२१ जनामा काेभिड संक्रमण देखिएकाे छ।

६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९३५ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा १० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ।

Comments

ताजा खबर