त्रिविमा फागुन १ देखि भौतिक उपस्थितिमै पठनपाठन, रोकिएका परीक्षा पनि नियमित गर्ने

२०७८, २७ माघ बिहीबार १३:४८

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।

फाइल फोटो

त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ । स्थानीय निकायसँग समन्वय गरी तोकिएका मापदण्ड पूरा गरेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन, परीक्षा सञ्चालन, दैनिक प्रशासनिक कार्यसम्पादनको व्यवस्थाका लागि त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको छ ।

कोरोना संक्रमण जोखिमका कारण त्रिविले गत माघ ९ विभिन्न तहका परीक्षा स्थगित गरेको थियो । मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

Comments

ताजा खबर