मन्त्री प्रेम आलेको निर्णय : ४२ करोड रोयल्टी नबुझाउने याक एन्ड यति होटेलको नाममा सञ्चालित क्यासिनोको इजाजतपत्र रद्द

२०७८, २७ माघ बिहीबार ०७:५२

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दरबारमार्गस्थित याक एन्ड यति होटेलको नाममा सञ्चालित क्यासिनोको इजाजतपत्र रद्द गरेका छन् । राज्यलाई बुझाउनुपर्ने ४२ करोडभन्दा बढी रोयल्टी पटकपटक ताकेता गर्दा पनि नबुझाएकाले आलेले मन्त्रीस्तरीय निर्णय गरेर होटेलको ५ तारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गरेका हुन् ।

पर्यटन विभागले निर्णय कार्यान्वयनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलाई सहयोग गरिदिन पत्राचार गरेको छ । त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उक्त होटेलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन पनि पत्राचार गरिएको छ।

राष्ट्र बैंकलाई उक्त होटेलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन अनुरोध गरिएको छ।
क्यासिनो नियमन गर्ने पर्यटन विभागका अनुसार नेपाल सरकारलाई बुझाउन बाँकी रहेको सन्दर्भमा विगत वर्षहरूमा पनि पटकपटक पत्राचार तथा सार्वजनिक सूचनामार्फत याक एन्ड यति होटेललाई जानकारी गराइएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु