ङादी ग्रुप पावरको खुद नाफा बृद्धि

२०७८, २५ माघ मंगलवार ०९:३७

काठमाडौं: ङादी ग्रुप पावरले आर्थिक वर्ष २०७८–७९ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा ३ करोड ७४ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ करोड ८८ लाख कमाएको थियो । तुलनाको अवधिमा नाफा २९.५२ प्रतिशत बढेको छ ।

यस अवधिमा विद्युत विक्री आय ७ करोड ५६ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ८७ लाख रहेको थियो । यस अवधिमा प्रशासनिक खर्च ७३ लाख ३७ हजार र व्याज खर्च ३ करोड ४ लाख रहेको छ । त्यसैगरी रोयल्टी बापत२० लाख १२ हजार प्रोजेक्ट बापत ६४ लाख ५८ हजार खर्च गरेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ७० करोड ६९ लाख रहेको छ भने सेयरधनीकोषमा ४ करोड ४७ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १०.५८ र नेटवर्थ रु १०६.३३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ७२.२८ गुणा रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु