फर्कियो इ-सेवा प्ले-स्टोरमा पुन

२०७९, १५ आश्विन शनिबार १२:४७

काठमाडौं: मोबाइल वालेट इ-सेवा पुन: प्ले-स्टोरमा उपलब्ध भएको छ । शुक्रबार अपरान्ह ५ बजेदेखि प्राविधिक कारणले प्ले स्टोरबाट हटेको इ-सेवा पुन: उपलब्ध भएको हो । मोबाइलमा पहिले नै इन्स्टल भएको एप बाहेक नयाँ डाउनलोड गर्न चाहने प्रयोगकर्ताहरू यो समस्याका कारण प्रभावित भएका थिए । अब भने एन्ड्रोइड प्रयोगकर्ताले यो एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।

यसअघि खल्ती, आईएमई पे लगायतका एप पनि गुगल प्ले स्टोरबाट हटेर पुनः प्ले स्टोरमा फिर्ता आएका थियो । इ-सेवा प्ले स्टोरबाट हटेपछि यसका प्रयोगकर्ताहरू सुरक्षाका विभिन्न कारणले गर्दा प्ले स्टोरले हटाएको भन्दै चिन्ता गरेका थिए । कम्पनीले आफ्नो सामाजिक सञ्जालमा एप उपलब्ध रहेको जानकारी दिएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु