नेपाली लाई भारतीय सिमानामा गोली प्रहार, एक जनाको मृत्यू!

२०७९, १७ असार शुक्रबार १५:४३

कल्पना श्रेष्ठ,दाङ: नेपालको बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको घना जंगलमा निहुरो टिप्न गएका एक नेपाली माथि गोली प्रहार भएको छ । बिहीबार बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका-३ का ५४ वर्षीय हेमराज गोडिया माथि गोली प्रहार भएको थियो ।
कुनैपनि सोधपुछ केहि नगरि एक्कासी भारतिय ले गोलि हानेपछी गोली लागेर भाग्दै घर नजिक पुगेका घाइते गोडिया केहीबेर पछि बेहोस भएका थिए । उनी होसमा आएपछि घरमा फोन गरि आफन्तीलाई बोलाएका थिए ।

राति नै उनलाई एम्बुलेन्समा उपचारका लागि गुलरिया अस्पताल ल्याइएको थियो । अत्याधिक रगत बगेका कारण उनको मृत्यु भएको प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए । उनलाई कसले गोली हानेको हो अनुसन्धान भइरहेको उनले जनाए ।
स्रोतका अनुसार भारतीय वन रक्षकले गोली प्रहार गरेको आशंका गरिएको छ । कतरनिया वन्यजन्तु आरक्ष भएका कारण अनधिकृत रुपमा जंगल प्रवेश गरेको भन्दै वन रक्षकले गोली हानेको शंका गरिएको छ । उनको शव गुलरिया अस्पतालमा शव परीक्षण पछि शुक्रबार दिउँसो आफन्तीले बुझेर लगेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु