सार्वजनिक ठाउँमा भीक माग्न निषेध

२०७९, १७ असार शुक्रबार ०८:१५

सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध

काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले महानगर क्षेत्रभित्रका  सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको छ ।

महानगरले एक सार्वजनिक सूचना प्रकाशित गरि सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको हो । सूचनामा साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चलीआएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने पाइने उल्लेख छ ।

साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भीक माग्न वा भीक माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ । असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भीक माग्न नपाउने भएका हुन। नियम उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने महानगरले जनाएको छ । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु