जनकपुर–जयनगर रेल सञ्चालन हुने, चढ्नलाई परिचय पत्र अनिवार्य

२०७८, १८ चैत्र शुक्रबार १७:१३

जनकपुरधाम: जनकपुर–जयनगर रेल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सञ्चालनमा आउनेछ ।

रेल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले बताए । जनकपुरधाम रेल्वे स्टेशनमा रेलको उद्घाटन हुनेछ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट गर्ने उद्घाटन हेर्नका निम्ति यहाँ ठूलो स्क्रिन जडान गरिनेछ ।

रेलको उद्घाटन हुने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले शुक्रबार जनकपुरधाम रेल्वे स्टेशनको अनुगमन गरेकी छन् । उनले उद्घाटनको तयारी भव्य रुपमा गर्न निर्देशन दिएकी छन्

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु