शिवरात्रिको रौनक : कोभिड १९ ले दुई वर्ष रोकिएको पर्वमा यसपालि

२०७८, १७ फाल्गुन मंगलवार १२:३९

काठमाडौं । दुई वर्ष लगातार कोभिड १९ को त्रासले पशुपतिमा शिवरात्रि खल्लो रह्यो। मन्दिरमा ताला झुन्ड्याइयो। बाहिरको निरश वातावरण। यसपाला भने शिवरात्रिको बहार फर्किएको छ। मानिसहरु बिहानैदेखि पशुपतिनाथ सहित मुलुकका प्रमुख शिवालयहरुमा दर्शनका लागि पुगेका थिए।

फाइल फोटो

१० लाख दर्शनार्थीको अपेक्षा गरिएको छ यसपाला पशुपतिमा। त्यसैअनुसार व्यवस्थापन गरिएको छ। कोरोना महामारीले दुई वर्ष रोकिएको महाशिवरात्रि मेला यसपाला झकिझकाउ बत्ती सहित रंगिएको छ। लोभलाग्दो छ माहोल यसपाला।

फाइल फोटो
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु