नेपालकै प्रख्यात सुपा देउराली मन्दिर

२०७८, १८ माघ मंगलवार १६:४८

अर्घाखाँची: सुपादेउराली मन्दिर अर्घाखाँची महेन्द्र राजमार्गको गोरुसिंङ्गे सन्धिखर्क सडकमार्गको झन्डै ४७ किलोमिटर दुरीमा रहेको नेपालकै प्रख्यात मन्दिर मध्य अर्घाखाँची सुपा देउरालीबारे नसुन्ने बिरलै होलान् । यो मन्दिर सन्धिखर्क र शीतगंगा नगरपालिकाको साझा मन्दिर भनेर चिन्दछन । प्राकृतिक सौन्दर्यले भरिएको महाभारत पर्वत श्रृङ्खला अन्तरगत पहाडको खोँचमा रहेको यो मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।

आफुले कामना गरेको भाकल पूरा भएपछि मन्दिरमा पूजा गर्न आउने गरेको भक्तजनहरु बताउँछन् । पश्चिम नेपालमा रहेको यो मन्दिरमा विवाह गरेका नवजोडीहरु जीवन सफल बनाँउनका लागि बिहे लगतै दर्शन गर्न आउने चलन रहेको भक्तजन अर्जुन पोख्रेलले जानकारी दिए ।

यो मन्दिरमा शनिवार भक्तजनहरुको व्यापक भिड लाग्ने गरेको छ । आफ्नो मनोकामना पूरा होस भन्दै नरिवल, परेवा, जिन्सी समानहरु मन्दिरमा चढाउने चलन रहेको छ ।

२०४२ सालमा मन्दिर निमार्ण भएपनि परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्तिपीठको रुपमा सुपा देउराली चर्चित रहेको छ । यहाँ भाकल गरेपछि मनोकाँक्षा पूरा हुने र भाकल अनुसार पुजा गर्ने चलन छ ।

सुपा देउराली नजिकै एउटा भीर रहेको छ, जसलाई लाहुरे टाँसिएको भीरको नामबाट चिनिने गर्दछ । यो भीरको नाम यस्तो रहनुको पछाडि सुपा देउरालीसँग सम्बन्धित किम्बदन्ती रहेको मन्दिरका पुजारीले भन्दै आएका छन।

परापूर्वकालमा जागिरका लागि एकजना लाहुरेले सुपा देउराली मन्दिरमा भाकल गरेका थिए । उनको भाकल पनि पूरा भयो । मन्दिरको बाटो हुँदै फर्किदै गर्दा उनले मन्दिरमा भाकल अनुसार पुजा नगर्दा उनलाई जसको फलस्वरुप उनी भित्तामा टाँसिएर बिलिन भएको किम्बदन्ती रहेको छ यहाँका बुढापाका पुराना पुजारिले बताउदै आएका छन ।

ऐले यो मन्दिरको नजिकै एउटा दुईबटा पहाड जोडेर झोलुन्ङे पुल बनेको छ। यो पुल २७२ मिटर लम्बाई र १६२ मिटर अग्लो रहेको छ ऐले यो पुल हेर्न र घुम्न आउने दैनिक जसो भिड लाग्ने गर्दछ। सेल्फी खिच्न आउने टिकटक बनाउने युवा युवतीहरुको नाच्ने थलो बनेको छ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु