सरकारले बुधबार देशभर सार्वजनिक बिदा दिने भएको छ

२०७८, १८ माघ मंगलवार १२:१३

काठमाडौँ – सरकारले बुधबार देशभर सार्वजनिक बिदा दिने भएको छ । सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिइने निर्णय भएको गृह मन्त्रालयले सूचना मार्फत जानकारी दिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होसारको अवसरमा देशभरका सबै सरकारी, सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

 

Comments

ताजा खबर