विप्लव नेतृत्व क्रान्तिकारीले जुत्ताको माला भिराउँदै भन्यो ‘अब भौतिक कारवाही’

२०७८, १८ माघ मंगलवार १०:५२

काठमाडौं । विप्लव नेतृत्व निकट नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीले भ्रष्टाचारी र माफियामाथि भौतिक कारवाहीसम्म गरिने चेतावनी दिएको छ । क्रान्तिकारीको सोलुखुम्बु जिल्ला समितिले त्यस्तै एक जना सरकारी इञ्जिनियरलाई जुत्ताको माला लगाउँदै नसुध्रिए भौतिक कारवाहीसमेत गरिने चेतावनी दिएको छ ।

फाइल फोटो

जिल्लाको शिक्षा विकास समन्वय इकाइ समितिका सब इञ्जिनियर पवनकुमार यादव र नवीनकुमार सिंहले विद्यालय भवन निर्माणमा अनियमितता गरेको प्रमाण पाएपछि आफूहरुले कारवाही गरेको क्रान्तिकारीको दाबी छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका विभिन्न विद्यालय भवन निर्माणको क्रममा उनीहरुले भ्रष्टाचार गरेको आरोप लागेको हो ।

यादव र सिंहले उक्त गाउँपालिकाको कैलाश प्राविबाट १ लाख ९० हजार रुपैयाँ, पेल्माङ माविबाट ५० हजार रुपैयाँ र बाखोर निमाविबाट ३५ हजार रुपैयाँ लिएको उल्लेख छ । भवनको गुणस्तरमा सम्झौता गरेर उनीहरुले बुझेको रकममध्ये चेपेल निमाविबाट ३५ हजार, खिरौंले निमाविबाट ७५ हजार रुपैयाँ र बाखोर निमाविबाट थप २५ हजार रुपैयाँ गरि कुल ४ लाख १० हजार रुपैयाँ बुझेको क्रान्तिकारीको आरोप छ ।

जिल्ला संयोजक एर्काराज राईले जारी गरेको विज्ञप्तिमा उनीहरुलाई पटक पटक कमिशन रकम फिर्ता गर्न अनुरोध गरिएको तर निजहरुले अटेर गरेको व्यहोरा उल्लेख छ । अर्कोतर्फ उल्टै आफ्नो संगठनमाथि निरन्तर षड्यन्त्र र सुराकी गरेको भन्दै क्रान्तिकारीले सांकेतिक कारवाही स्वरुप जुत्ताको माला लगाइएको र ती सबै रकम फिर्ता नगरे भौतिक कारवाही गर्न बाध्य हुने जनाएको छ ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु