अजोड इन्स्योरेन्सको खुद बीमा शुल्कसँगै खुद नाफा १३.९१ प्रतिशत

२०७८, १८ माघ मंगलवार १०:०४

अजोड इन्स्योरेन्स लिमिटेड (AIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २२ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले २ हजार ७३६ दाबीबापत ३५ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार ७४४ दाबीबापत १ अर्ब १६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ८ रुपैयाँ १४ पैसाबाट बढेर ९ रुपैयाँ २७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ८०.४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ४० पैसा रहेको छ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु