स्थगित परीक्षा फागुनमा गर्ने त्रिविको तयारी

२०७८, १७ माघ सोमबार १५:४७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षाहरु फागुनमा सञ्चालन गर्ने भएको छ । माघभित्रै परीक्षा तालिका प्रकाशन गर्ने त्रिविको तयारी छ ।

फाइल फोटो

यसअघि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मका लागि तय भएको पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको थियो । परीक्षा स्थगित हुँदा विद्यार्थीहरु मर्कामा परेका छन् । त्रिविले समयमा परीक्षा र नतिजा प्रकाशन गर्न आलटाल गर्दै आएको छ ।

Comments

ताजा खबर