कर्मचारीमा काेराेना देखिएपछि तानसेन नगरपालिकाकाे अत्यावश्यक बाहेकका काम बन्द

२०७८, १५ माघ शनिबार १५:०९

पाल्पा । पाल्पाकाे तानसेन नगरपालिकाले अत्यावश्यक बाहेकका काम बन्द गरेकाे छ ।

फाइल फोटो
नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधि काेराेना संक्रमित भएपछि अत्यावश्यक बाहेकका काम बन्द गरेकाे हाे । नगरपालिकाले यही माघ २१ गतेसम्म सेवा स्थगित गरेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले बताए ।हिजाे(शुक्रबार) ३२ कर्मचारीको पिसिआर परिक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको थियाे । संक्रमितहरू सबै आइसाेलेसनमा बसेकाे प्रशासनले जनाएकाे छ ।  
Comments

ताजा खबर