नेप्से करिव एक सय अंकले गिरावट आउँदा ठूला ब्रोकरहरुबाट यस्तो भयो खरिद बिक्री ?

२०७८, १० माघ सोमबार २०:३६

साताको दोश्रो कारोवार दिन नेप्से परिसूचकमा निकै ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ९९ दशमलव ८६ अंक अर्थात ३ दशमवल ४२ प्रतिशत घटेको छ ।  ८ अर्ब ८८ करोडको शेयर कारोवार हुँदा ब्रोकर नम्बर ४५ बाट सर्वाधिक ९५ करोड ७५ लाख बराबरको शेयर खरिद बिक्री भएको छ भने दोश्रोमा ५८ नम्बर ब्रोकरबाट ९३ करोड  २९ लाख बराबरको कारोवार भएको छ। त्यस्तै तेश्रोमा ३४ नम्बर ब्रोकरबाट ७८ करोड ४५ लाख बराबरको कारोवार भएको छ ।

आज टप ४ ब्रोकरहरुबाट खरिद भन्दा बिक्री धेरै भएको देखिन्छ । ब्रोकर नम्बर ४५ बाट ४५ करोड माथिको खरिद हुँदा ५० करोड  माथिको बिक्री भएको छ। त्यस्तै ५८ नम्बर ब्रोकरबाट ४३ करोड माथिको खरिद हुँदा ४९ करोड  माथिको बिक्री भएको छ ।

३४ नम्बर ब्रोकरबाट ३० करोड माथिको खरिद हुँदा  ४८ करोड  माथिको बिक्री भएको छ  र ३८ नम्बर ब्रोकरबाट ३२ करोड माथिको खरिद हुँदा ४३ करोड माथिको बिक्री भएको छ ।

त्यसपछि ४९ नम्बर ब्रोकरबाट भने बिक्री भन्दा खरिद धेरै भएको छ। ४९ नम्बर ब्रोकरबाट बाट ४४ करोड माथिको खरिद हुँदा २६ करोड माथिको बिक्री भएको छ ।

Comments

ताजा खबर