शेयर बजारमा, भारी गिरावट परिसूचक १०० अंकले घट्दा कारोबार रकम ८ अर्ब ८८ करोड

२०७८, १० माघ सोमबार २०:२८

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले घटेको छ । हिजो १० अंकले घटेको शेयर बजारमा आज पहिलो गएको हो । आज शेयर बजार नेप्से परिसूचक १०० दशमलव १० अंकले घटेर २,८२० दशमलव ४१ को विन्दुमा कायम भएको छ । आज ६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २२८ वटा कम्पनीको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ३६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ८६६ रुपैयाँ कायम भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३० करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २० करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७०४ रुपैयाँ कायम भएको छ ।

आज सबैभन्दा धेरै विन लघवित्त वित्तीय संस्था र बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् । गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले १ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ८२ प्रतिशतका दरले गुमाएका हुन् ।

Comments

ताजा खबर