नेप्से १० अंकले घट्दा जीवन बीमा कम्पनीको शेयर बढेका छन् ।

२०७८, ९ माघ आईतवार १९:१७
काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २,९२० दशमलव ५१ को विन्दुमा कायम भएको छ । आज ४६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज निर्जीवन बीमा,उत्पादनमुलक, अन्य, जीवन बीमा तथा म्युचुअल फण्ड उपसूचक बढेका छन् ।

आज दिनभरिमा २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको ३२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मुल्य १५ सय १३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज अपि पावर कम्पनीको १९ करोडमाथिको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्ज्स कम्पनीको १७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ हजार ५६ रुपैयाँ कायम भएको छ ।

विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमि हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानकिर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु