यी हन् आजका नेप्से टप टेन कारोबार भएका कम्पनी

२०७८, ९ माघ आईतवार १९:१३

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २,९२० दशमलव ५१ को विन्दुमा कायम भएको छ । आज ७ अर्ब ३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको ३२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मुल्य १५ सय १३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज अपि पावर कम्पनीको १९ करोडमाथिको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्ज्स कम्पनीको १७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ हजार ५६ रुपैयाँ कायम भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु