एन आई सी एशिया बैंकको नाफा रु.२.४ अर्ब बढेसंगै सेयरमा उछाल आउदै!

२०७८, ७ माघ शुक्रबार २१:४४

एन आई सी एशिया बैंक लिमिटेड (NICA) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.२.४० अर्ब खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा १६.५७% ले बढि रहेको छ। खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि रु.३५.६४ बाट बढेर रु.४१.५४ कायम हुन आएको छ।

व्याज आम्दानीमा ४३.२३% को वृद्धि, खुद व्याज आम्दानीमा ३२.८१% को वृद्धि, कुल संचालन आयमा २७.५५% को वृद्धि तथा संचालन नाफामा १२.५९% को वृद्धिले गर्दा कम्पनीको खुद नाफा बढेको हो।

रु.११.५६ अर्ब चुक्ता पूंजी रहेको बैंकको जगेडा तथा कोष ५०.६१% ले वृद्धि भएर रु.११.५५ अर्ब पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ९९.८९% रहेको छ। यस्तै, बैंकको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु.२३.११ अर्ब कायम भएको छ। शेयरधनीकोष बढेसँगै कम्पनीको प्रति शेयर किताबी मुल्य रु.१६६.३२ बाट बढेर रु.१९९.८८ कायम हुन आएको छ।

त्यस्तै, बैंकको व्यवसायमा राम्रो वृद्धि देखिएको छ। बैंकले दोश्रो त्रैमास सम्ममा ग्राहकहरु बाट रु.२९४.९४ अर्ब निक्षेप संकलन गरी रु.२७२.५० अर्ब कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश १०.०१% र १७.२७% ले बढेको छ।

Comments

ताजा खबर