उपत्यकामा गुड्ने सार्वजनिक तथा निजी सवारी साधनहरुमा जोरबिजोर प्रणाली

२०७८, ६ माघ बिहीबार २२:४०

काठमाडौं उपत्यकामा गुड्ने सवारी साधानमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला आधिकारीहरुको आज बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि सवारी साधानमा जोरबिजोर प्रणली लागू गर्ने निर्णय गरेका हुन् ।

त्यस अनुसार उपत्यकामा गुड्ने सार्वजनिक तथा निजी सवारी साधनहरुमा जोरबिजोर प्रणालीमा चल्नेछन् ।

स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू नहुने जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।

सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनु पर्नेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु