शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स लाई हकप्रद शेयर निष्काशन गर्न अनुमती

२०७८, ६ माघ बिहीबार १८:१९

आइएमई जनरल इन्स्योरेन्स (IGI) र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) लाई हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डले अनुमती प्रदान गरेको छ।

आइएमई जनरल इन्स्योरेन्सले १०:४ अर्थात चुक्ता पूँजीको ४०% हकप्रद शेयरका लागि बोर्डमा निवेदन पेश गरेको थियो। कम्पनीले रु.१०० अंकित मुल्यको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर जारी गर्न अनुमती पाएको छ। आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी, शिखर इन्स्योरेन्सले १०:३ अर्थात चुक्ता पूँजीको ३०% हकप्रद शेयरका लागि बोर्डमा निवेदन पेश गरेको थियो। कम्पनीले रु.१०० अंकित मुल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर जारी गर्न अनुमती पाएको छ। शिखर इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ।

Comments

ताजा खबर