जापानमा बालबालिका विशेष “खोज तथा अनुसन्धान” मुलक साहित्यिक कार्यक्रमको आयोजना हुँदै

२०७८, ५ माघ बुधबार १४:२७

टोकियो, जापान साहित्यको विकास र विस्तार गर्ने उद्धेश्यले स्थापित, साहित्यिक चौतारी नेपाल जापान शाखाले प्रवासमा “बालबालिका विशेष खोजतथा अनुसन्धानमूलक साहित्यिक कार्यक्रम” गर्ने भएको छ । स्थापनाको छोटो अवधिमा नै विविध गतिविधि गर्दै आएको साहित्यिक चौतारी नेपाल जापान शाखाले गत बर्षको अगस्ट ८ तारिखमा, कार्यसमितिको घोषणा गरेको थियो । समय सापेक्ष र नेपाली साहित्यसंग प्रत्यक्ष सरोकार राख्ने साथै साहित्यसंग अन्योन्याश्रित प्रभावकारी साहित्यिक कार्यक्रमहरू गर्दै आएको साहित्यिक चौतारी नेपाल जापान शाखाले साकुरा एसियन अनलाइन टेलिभिजनसंगको संयुक्त आयोजनामा गत जनवरी २ तारिखमा नव वर्ष विशेष साङ्गीतिक तथा संयुक्त रचना वाचन कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको थियो ।

“फरक सोच, फरक शैली र फरक विषयवस्तुमा आधारित रहेर बालबालिकाहरूलाई प्रत्यक्ष खोज तथा अनुसन्धानात्मक विषयवस्तुहरूमा प्रत्यक्ष संलग्न गराएर बालबालिकाको व्यक्तिगत, सामाजिक र मानसिक रूपमा क्षमताको विकास गराउने अभिप्रायले आयोजना गर्न लागिएको यस कार्यक्रममा जापानमा अध्ययनरत कक्षा ३ देखि कक्षा ९ सम्मका जापानिज स्कूल तथा नेपाली स्कूलका विभिन्न उमेर समूहका बालबालिकाहरूको सहभागिता रहनेछ ।” कोरोना कहरले आक्रान्त बनिरहेको यस विषम परिवेशमा सूचना, सञ्चार र प्रविधिको सहि सदुपयोग गर्दै आगामी जनवरी २२ तारिखका दिन अनलाईन मार्फत बालबालिका विशेष “खोज तथा अनुसन्धानमूलक” साहित्यिक कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष विन्दा पराजुली बरालले बताउनूभयो ।

फरक सोच, फरक शैली र फरक विषयवस्तुमा आधारित रहेर बालबालिकाहरूलाई प्रत्यक्ष खोज तथा अनुसन्धानात्मक विषयवस्तुहरूमा प्रत्यक्ष संलग्न गराएर बालबालिकाको व्यक्तिगत, सामाजिक र मानसिक रूपमा क्षमताको विकास गराउने अभिप्रायले आयोजना गर्न लागिएको यस कार्यक्रममा जापानमा अध्ययनरत कक्षा ३ देखि कक्षा ९ सम्मका जापानिज स्कूल तथा नेपाली स्कूलका विभिन्न उमेर समूहका बालबालिकाहरूले विभिन्न विषयवस्तुहरूमा केन्द्रित रहेर तयार पारेको खोजमूलक प्रस्तुतिहरूको प्रस्तुतिकरण रहने बताइएको छ ।

शिल्पकार, कवि तथा गीतकार मञ्जुल मितेरीको नेतृत्वमा जापानको कुमामोतोमा निर्माणाधीन रहेको ६५ फिट अग्लो बुद्धको मूर्तिको माध्यमबाट नेपालको कला, कौशल र अरनिको सम्मको इतिहास विश्व सामु चिनाउने एउटा सुनौलो अवसर र माध्यमको रूपमा अझ विस्तृत जानकारी गराउँदै जापानमा बसोबास गर्ने बालबालिकाहरूप्रति “नेपाली भाषा र साहित्यको महत्त्व तथा आवश्यकता बोध गराउन यस कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्नेछ ।” संस्थाका उपाध्यक्ष एवम् यस कार्यक्रमका परिकल्पनाकार तथा सहजकर्ता अमरदेव बास्तोलाले जानकारी गराउनू भयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु