देश भरिको आजको मौसम ।

२०७८, ४ माघ मंगलवार ०७:३३

काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा आंशिक बदली को अवस्था रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

फाईल फोटो

मंगलबार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।  देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

यता बुधबार पनि सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।  त्यस्तै बिहीबार देशभर आंशिक देखी सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका थोरै-थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु