कोरोनाबाट मृत्यु भएका परिवारलाई वालिङको २५ हजार सहयोग

२०७८, ३ माघ सोमबार १३:०३

स्याङ्जा ।  वालिङ नगरपालिकाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई नगद २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। पालिकाले काजकिरिया खर्चका लागि केही राहत दिने उद्देश्यले सो रकम उपलब्ध गराइएको नगर प्रमुख दिलीपप्रताप खाँणले जनाए। कोरोना कारण परिवारका सदस्य गुमाएका व्यक्तिका आश्रित पारिवारलाई नगरपालिकाले रकम दिएको हो।

फाइल फोटो

नगरपालिकाले बनाएको विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ अनुसार राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए। उनका अनुसार, अहिलेसम्म ४९ जनाले राहत नगद लगेका छन्।अब प्रक्रियामा ६० भन्दा बढी छन्।  पालिकाले अहिलेसम्म १२ लाख २५ हजार रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराएको जनाएको छ। राहत रकम प्राप्तिका लागि कोभिड १९ का कारण मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्यु दर्ताको प्रमाण तथा सिफारिससहित नगरपालिका कार्यालयमा निवेदन दिएपछि रकम उपलब्ध गराइने पालिकाले जनाएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु