धुर्मस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

२०७८, ३ माघ सोमबार १०:०४

काठमाडौं । हास्यकलाकार धुर्मस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

भरतपुरमा गौत्तमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको क्रममा आर्थिक अनियमितता गरेको आरोपमा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली)को नाममा उजुरी दर्ता गराएका हुन् ।

भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

केवल १४ प्रतिशत भौतिक संरचना मात्रै बनेको भन्दै उजुरीकर्ता अधिकारीले १७ करोड रुपैयाँ थप ऋण छ भनेर दावी गर्नु हास्यास्पद भएको उनको दाबी छ ।

नेपाल र विदेशमा रहेका नेपालीहरु अनि भरतपुर महानगरपालिकाबाट ५७ करोड रुपैयाँ चन्दा उठाएको तर काम भने नगरेको आरोप रहेको छ । अहिले उनीहरुले परियोजनालाई अलपत्र पारेर हिँडेको भन्दै छानविन समेत गर्न माग छ ।

दुई अर्ब रुपैयाँको लागत अनुमान गरिएको परियोजनामा रकम उठेजति काम समेत नभएको भन्दै दुवैजनालाई छानविनको दायरामा ल्याउन माग गरिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु