बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेन्ज कति ?

२०७८, २ माघ आईतवार १८:३०
काठमाडौं : बुद्धभूमि नेपाल हाइड्रोपावरआइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब सोमबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार यसको पहिलो कारोबार न्यूनतम ८४ रुपैयाँ ०५ पैसादेखि अधिकतम २५२ रुपैयाँ १५ पैसाभित्र रहेर हुनेछ । यसको बीएनएचसी संकेतबाट कारोबार हुनेछ । बुद्धभूमिको ४० लाख कित्ता सेयर सूचीकरण गरिएको हो ।
बुद्धभूमिले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यसमध्ये ५% अर्थात् ४० हजार कित्ता सामुहीक लगानी कोष र २% अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।
रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले ४.९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु