२४ घण्टामा थपिए ३ हजार ५५३ जना कोरोना संक्रमित

२०७८, २९ पुष बिहीबार १८:११

काठमाडौँ । केही दिनयता देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

gorkhalivoice.com

स्वास्थ्य मन्त्रालयका गत २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६१० पुगेको छ।

यस्तै बिहीबार २७१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर १४ हजार ३४० सक्रिय संक्रमित छन्।गत २४ घण्टामा १० हजार ४९८ पीसीआर तथा ४ हजार ५८३ एन्टिजेन परीक्षण भएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु