बुधबार आज एक घन्टामा सेयर बजार ३६ अंकले बढ्यो, २ कम्पनीको कारोबारमा सर्किट

२०७८, २८ पुष बुधबार १२:४७

काठमाडौं । बुधबारको कारोबारमा बजार सुरुदेखि नै उछाल देखिएको छ ।

कारोबार सुरु भएको एक घन्टामा नेप्से मापन गर्ने सूचक ३६.२७ अंकले बढेर परिसूचक २८७०.४० बिन्दुमा पुगेको छ ।

यो समाचार तयारपार्दासम्म २१४ कम्पनीको ३२ लाख ९४ हजार ५७ कित्ता सेयर १ अर्ब ७६ करोड ६९ लाख १६ हजार १५१ रुपैयाँको कारोबार भएको छ । बजारमा निकै हरियाली देखिएको छ

।एक घन्टाको अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंक बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने निफ्राको पनि सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु