काठमाडौं : चीन सरकारले प्रत्येक परिवारलाई ३ जनासम्म सन्तान जन्माउन दिने नीति लिएको छ । चीनका राष्ट्रपति सी चीन फिङकोअध्यक्षतामा बसेको पोलिटब्यूरो बैठकले सोमबार उक्त नीति अनुमोदन गरेको हो । यसअघि संन् २०१६ मा पनि चीनले एक सन्ताननीतिलाई खारेज गरी प्रत्येक चिनियाँ दम्पतिलाई २ जनासम्म सन्तान जन्माउन दिने नीति लिएको थियो । तर २ सन्तान नीतिपछि पनिजन्मदर निकै न्यून भएपछि चीनले पुनः नीति परिवर्तन गरेको हो । करिब एक महिना अघि भएको जनगणनाले पनि पछिल्लो दशकमाजनसंख्या वृद्धिदर (०.५३%) सन् १९५० यताकै न्यून देखिएको थियो ।
साथै, महिला प्रजननदर पनि न्यून रहेको छ । सन् २०२० मा मात्र एक चिनियाँ महिलाले औसतमा १.३ जना सन्तानलाई जन्म दिएकोतथ्यांकले देखाएको छ । जुन वृद्ध जनसंख्या उच्च भएका जापान र इटालीको भन्दा कम हो । पछिल्लो समय चीनमा पनि वृद्धजनसंख्यामा उल्लेख्य वृद्धि देखिएको छ । न्यून जन्मदर र बढ्दो वृद्ध जनसंख्याका कारण चीनको अर्थतन्त्र धरासायी बन्ने प्रक्षेपणहरुपनि हुँदै आएका थिए । चीनले दीर्घकालीन आर्थिक सम्भावनाहरुलाई मध्यनजर गरेरै ३ सन्तान नीति अवलम्बन गरेको बताइएको छ ।