७० वर्ष माथिका नागरिकले पाउने भत्ता ४ हजार पुग्यो

२०७८, १५ जेष्ठ शनिबार १७:२३

जेठ, १५ । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ। आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबाट सरकारले भत्ता बढाएको हो। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भत्ता बढाइएको घोषणा गर्नुभएको छ । अज ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ बाट ४ हजार पुगेको  छ। सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको छ। यो वर्ष ६७ अर्ब बजेट भएको सामाजिक सुरक्षाका लागि १ खर्ब बजेट विनियोजन गरिएको छ। नेपालमा १० समूहले सामाजिक सुरक्षाको रुपमा मासिक भत्ता पाउँदै आएका छन्। जेष्ठ नागरिक दलित, एकल महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक, तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा, अपांगता क र ख वर्ग, लोपोन्मुख जाति र वाल पोषणको रुपमा भत्ता दिइन्छ। हरेक समूहअनुसार मासिक रुपमा पाउने भत्ताको दर पनि फरक रहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु